सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ८८ स्थानीय तह मध्ये ८७ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा प्रदेशका ८८ वटा पालीका मध्ये ८७ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।
बाजुराको बुढीगंगा नगरपालिकामा विवादका कारण कांग्रेसले पुन मतदानको माग गरेको छ भने एमालेले मत गणना गर्नु पर्ने बताइरहेको छ । जसकारण बाजुराको बुढीगंगा नगरपालिकामा मत गणना गर्ने वा फेरि मतदान गर्ने भन्ने वारे टुङ्गो लागेको छैन। सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले सबै भन्दा बढी ४० स्थानीय तहको प्रमुखमा, नेकपा एमाले २५ वटा स्थानीय तहमा, नेकपा मोओवादी केन्द्रले १४ वटा स्थानीय तहमा जित निकालेको छ।
४ पालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ। भने दुई पालिका स्वतन्त्रले जितेको छ । यसरी हेर्दा ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेस, एमाले र माओवादी ८/८ जिल्लामा विजयी भएका छन् । तीन वटै दलले प्रमुखमा अहिलेसम्म १/१ सुदूरपश्चिमका जिल्लामा जित्न सकेनन्। दार्चुला जिल्लामा कांग्रेसले प्रमुखमा कुनै पनि पालिका जित्न सकेन। दार्चुला जिल्ला बाहेक कैलालीमा ३, कञ्चनपुरमा ५, डोटीमा ७, अछाममा ७, बैतडीमा ४, बझाङमा ६, बाजुरामा ३ र डडेलधुरामा ५ पालिका प्रमुख जितेको छ । एमालेले २५ पालिका जित्दा पनि एमालेले डडेलधुरामा शून्य हुनु परेको छ ।
एमालेले डडेलधुरा बाहेक कैलालीमा २, कञ्चनपुरमा ३, डोटीमा १, अछाममा २, बैतडीमा ४ , बझाङमा ३ , बाजुरामा ५ र दार्चुलामा ५ पालिका प्रमुख जितेको छ । यस्तै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा मध्ये बाजुरामा कुनै पनि पालिका जित्न सकेको छैन । बाजुराको बुढिगंगामा विवाद देखिएको छ । यहाँ पनि माओवादी कमजोर छ । माओवादी बाजुरा बाहेक कैलालीमा २ , कञ्चनपुरमा १, डोटीमा १, अछाममा १, बैतडीमा १ , बझाङमा २ , दार्चुलामा ४ र डडेलधुरामा २ पालिका प्रमुखमा माओवादी विजयी भएको छ ।
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमका ९ जिल्ला मध्ये ७ जिल्लामा शून्य भएको छ। प्रमुखमा नेकपा एस दुई जिल्लामा मात्रै विजयी भएको छ । कैलाली र बझाङमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले प्रमुखमा विजयी भएका हुन् । दुई जिल्लामा स्वतन्त्र र एक जिल्लामा रेसम चौधरीको पार्टी नागरिक उन्मुक्ति पनि विजयी भएको छ । कांग्रेसका ४६, एमालेका २३, माओवादीका ११ नागरिक उन्मुक्तिमा ३, एकीकृत समाजवादीका ३ र १ स्वतन्त्र उम्मेदवारले उपप्रमुख जितेको छ ।कांग्रेसले सबै जिल्लमा उपप्रमुख जितेको छ । एमालेले डडेलधुरामा उपप्रमुख जित्न सकेको छैन भने माओवादी केन्द्रले बाजुरा डोटी र कञ्चनपुरमा उपप्रमुख जित्न सकेको छैन । एकीकृत समाजवादीले बझाङ र अछाममा मात्रै उपप्रमुख जितेको छ । नागरिक उन्मुक्ति र स्वतन्त्रले १/१ जिल्लामा उपप्रमुख जितेको छ ।