धनगढी। सरकारले धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन समन्वय गर्ने भएको छ। सरकारको आउँदो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा कैलालीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन सुरु गर्ने बताएकी हुन्।
यस्तै चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पूरा गर्न समन्वय र सहजीकरण गरिने उल्लेख छ ।हरेक प्रदेशमा कम्तीमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने, सबै पालिकामा खेल ग्राम निर्माण गरिने, उच्च भू–भागीय खेलकुद तालिम केन्द्र निर्माण गरिने लगायतका विषय नीति तथा कार्यक्रममा उल्लेख छ ।