कैलाली। कैलालीका १३ वटै पालिकाको नतिजा सार्वजनिक गरिएको छ ।बैशाख ३० गते भएको चुनावको आइतबार मात्रै अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
१३ पालिकामध्ये सबैभन्दा बढी नागरिक उन्मुक्ति पार्टीले जितेको छ। कैलालीका १३ पालिका मध्ये ४ पालिकामा नागरिक उन्मुक्ति पार्टी, ३ पालिकामा नेपाली काँग्रेस विजयी भएको छ भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले २/२ पालिकामा विजयी भएका छन् । यस्तै १/१ पालिकामा एकिकृत समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
टीकापुर र भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ भने लम्कीचुहा र गोदावरी नगरपालिका तथा कैलारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।बर्दगोरिया र चुरे गाउँपालिकामा नेकपा एमाले, गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी हुँदा धनगढी उपमहानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्।