धनगढी। सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरु देखि नै अग्रता लिएका छन्।
२६ हजार ४ सय १९ मतगणना हुँदा हमालले १२ हजार ३ सय ४ मत पाएका छन्। यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ८ सय ९२ मत पाएका छन्। यो मत संख्या हेर्दा हमाल वड भन्दा ६ हजार ४ सय १२ अगाडी छन् । वडले पाएको मतलाई दुईले गुणन गर्दा पनि ११ सात सय ८४ हुन आउँछ । यस्तै नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७ सय ५२ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३ सय ९, एमालेकी कन्द्रकला रानाले ४ हजार ७ सय र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १ सय ५९ मत पाएका छन्। शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप(महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।