डोटी। डोटीको शिखर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका दीर्घ बलायर विजयी भएका छन्। यस्तै नगर उप प्रमुखमा नेपाली कांग्रेसका उमेदवार सुनिता रावल विजयी भएकी छिन्।
नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार बलायरले ६ हजार ५६२ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार भीम बलायरले ४ हजार ५९१ मत प्राप्त गरे। अर्का प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उमेदवार सागर भट्टले ३०२ मत प्राप्त गरे भने राप्रपाका उमेदवार गिरी रोकाया ४२ मतमा सीमित रहे।
यस्तै नगर उप प्रमुखमा नेपाली कांग्रेसका उमेदवार सुनिता रावल जोराले ६ हजार ४२६ मत ल्याउँदै विजयी भइन्। उनका प्रतिद्वन्द्वी एमाले उमेदवार लक्ष्मी देवी मल्लले ४ हजार ६४५ मत प्राप्त गरिन्। अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका उमेदवार रमेश प्रसाद जोशीले ३६६ मत मात्रै प्राप्त गरिन्।कांग्रेसले मेयर, उपमेयर सहित ७ वटा वडामा जीत हासिल गरेको छ। नगरका ११ वटा वडाहरु मध्य ७ वडामा कांग्रेस र ४ वडामा एमाले उमेदवार विजयी भए ।
वडा नम्बर १ मा नेपाली कांग्रेसका दीपक बहादुर बोगटी, २ मा कांग्रेसकै गणेश बहादुर बोगटी र ३ मा कांग्रेस उमेदवार गणेश जोरा विजयी भए । त्यस्तै वडा नम्बर ४ मा एमाले उमेदवार टेक बहादुर मल्ल, ५ मा एमालेकै डमरु कार्की र ६ मा नेपाली कांग्रेसका उमेदवार दीर्घ बलायर विजयी भए। वडा नम्बर ७ मा एमाले उमेदवार टेकराज भट्ट, ८ मा कांग्रेसका लाल बहादुर महरा,९ मा एमालेका जगन्नाथ भट्ट विजयी भए । भने वडा नम्बर १० मा कांग्रेस उमेदवार मीन बहादुर बलायर र ११ मा कांग्रेसकै कर्ण बहादुर विष्ट विजयी भए ।