कैलाली। धनगढी उपमहानगरपालिकामा शनिबारदेखि मतगणना कार्य जारी छ। उपमहानगरपालिकाको मतगणना शनिबारदेखि सुरू भएकोमा अहिले बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै रहेको छ । उनले १० हजार ८२५ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन्।
हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत पाएका छन्।बैसाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।