धनगढी। सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ । सुरु देखि नै हमालले अग्रता लिएका हमालले १७ हजार १ सय ५९ मतगणना हुँदा ७ हजार ८ सय १६ मत पाएका छन्।
यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८ सय ७१ मत पाएका छन्। यो मत संख्या हेर्दा हमाल वड भन्दा ३ हजार ९ सय ४५ अगाडी छन् । यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९ सय २१ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ४ सय १६, एमालेकी कन्द्रकला रानाले ३ हजार ३ सय ७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत पाएका छन्। शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप९महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।