कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोति लाल चौधरी बिजयी भएका छन् । यस बर्ष उक्त नगरपालिकाका अधिकाँस वडामा पनि नेकपा माओवादी केन्द्रले जितेको छ ।
माओवादी मेयरका उम्मेदवार पोतिलाल चौधरीले १४ सय २४ मत,काँग्रेसका हरेन्द्र विष्ट ७८० र एमालेका कमला बोहरा ४०५ मत पाएका छन् ।माओवादी नेता रमेश प्रसाद भट्टराईले बेलौरी नगर प्रमुखमा पोति लाल चौधरी दोस्रो कार्यकालका लागी बिजयी भएको जानकारी दिए । साथै उनले बिजयी नगर प्रमुखलाई हार्दिक बधाई तथा दोस्रो कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका छन् ।
यस्तै बेलौरी ५ मा माओवादी केन्द्रको पुरै प्यानल भारी बहुमतका साथ निर्वाचित भएको छ । स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रका उम्मेदवारले एमाले काँग्रेसका उम्मेदवारलाई भारी मतले पराजित गर्दै अध्यक्षमा माओवादी केन्द्रका लाल बहादुर चौधरी निर्वाचित भएका छन । एमालेका साईतु कुमार चौधरी भन्दा दोब्बर ८१५ र काँग्रेस उम्मेदवार जित बहादुर चौधरी भन्दा ४६१ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । राप्रपाका मोहन सिह विष्ट भन्दा १ हजार १७६मतको अन्तरले हराएका थिए । यस अघि ०७४ को निर्वाचनमा एमाले उम्मेदवार साईतु कुमार चौधरी माअोवादीबाट निर्वाचित भएका थिए । साईतु एमालेमा प्रवेस गरेसंगै उनलाई उतैबाट टिकट दिईएको थियो । एमालेमा प्रवेस गरेका साईतुले माओवादी उम्मेदवार भन्दा दोब्बरले पराजित भएका छन ।