धनगढी। कैलालीको धनगढी उप-महानगरपालिकामा १५ हजार ४३७ मतगणना भएको छ। धनगढी उपमहानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना आज पनी जारी छ।
धनगढी उपमहानगरपालीकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वड बिच प्रतिशप्रर्धा चलिरहेको छ । सुरु देखि नै हमालको अग्रता कायम नै रहेको छ । हमालले अग्रता लिएका हमालले १५ हजार ४ सय ६७ मतगणना हुँदा ८ हजार ८ सय ४१ मत पाएका छन्।
यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ५ सय ५४ मत पाएका छन्। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ८ सय ८ मत पाएका छन्। त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार १ सय १३, स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६ सय ८६ र एमालेकी कन्द्रकला रानाले ३ हजार ४९ मत पाएका छन्।शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप-महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।