बझाङ। बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा एमालेका कलक बहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएका छन् ।अध्यक्ष रोकायाले २ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले २ हजार २२९ मत ल्याए । राप्रपाका ललित प्रसाद जोशीले ३५ मत पाए ।
यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी २ हजार ६२१ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयकुमारी ऐडीले २ हजार ३९२ मत ल्याइन्। स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन् । ७ वडा रहेको तल्कोटमा नेकपा एमालेले ६ वडा जितेको छ ।
बझाङको तलकोट गाउँपालिकाका तीनवटा वडाको मत परिणाम सार्वजनिक भएको छ । दुई वडामा गठबन्धनलाई पराजित गर्दै एमाले प्यानलसहित विजयी भएको छ । जसमा तलकोट–१ मा नेपाली कांग्रेसका रोशन कुँवरले ३५३ मत पाएका थिए भने एमालेबाट रामचन्द्र रावल ३२९ मतले वडाअध्यक्षमा विजयी भएका छन् । त्यस्तै, तलकोट–२ मा नेपाली कांग्रेसका अक्कल कुँवरले ३८६ मत पाएका थिए भने एमालेबाट जनक बोहराले ४२८ मत ल्याएर प्यानलसहित विजयी भएका छन् । त्यस्तै, तलकोट–३ मा नेपाली कांग्रेसका हर्क रोकायालाई ३७१ मत पाएका थिए भने एमालेबाट रुपेश रोकायाले ३९० मत ल्याएर प्यानल सहित विजयी भएका छन् ।