बाजुरा। बाजुराको बडीमालिका नगरपालिका ७ को वडाअध्यक्षमा एमालेका धर्मराज पाध्याय पुनः विजयी भएका छन् ।
उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका धनलाल पाध्यायलाई ८१ मतले पराजित गर्दै वडा अध्यक्षमा पुनः विजयी भएका हुन् । धर्मराज पाध्यायले ६ सय १० मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी धनलाल पाध्यायले ५२९ मत ल्याएर पराजित भएका छन। वडामा एक महिला सदस्य बाहेक सबै टिम नै एमाले बाट बिजयी भएको छ ।
पत्रकारिता क्षेत्रबाट नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेका पाध्याय ०७४ मा समेत सो वडाको अध्यक्षमा विजयी भएका थिए । उनले २०७४ को स्थानिय चुनावमा ४ भोटले मात्र बिजयी भएका थिए। उनले सहोदर भिनाजुलाई ४ मतले पराजित गरी ५ बर्षे कार्यकाल सफलता पुर्बक बिताएका छन । ०७४ को स्थानिय तहको निर्बाचनमा एमालेबाट वडामा एक्लै जितेका भए पनि सफल वडा अध्यक्षको रुपमा परिचीत रहेका छन । उनले बाजुराका ६९ वडा मध्यकै नमुना उत्कृष्ठ वडा अध्यक्षका रुपमा चिनिएका पाध्यायले यो पटक पनि जित हासील गरेका छन ।