बैतडी। बैतडीको पाटन नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका गौरिसिंह रावल विजयी भएका छन् । रावल एमालेका नारायणसिंह भण्डारीलाइ पराजित गर्दै मेयरमा रावल निर्वाचित भएका हुन् ।
रावलले ६ हजार ८६९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी भण्डारीले ५ हजार २९० मत ल्याए । यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका कमलसिंह बोहरा (अपि) विजयी भएका छन्। उनी एमालेकी हरु भट्टलाई पराजित गर्दै उपमेयरमा विजयी भएका हुन्। उनले ५हजार ७५१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी भट्टले ५ हजार ४२७ मत ल्याइन् ।
यस्तै एमालले पाटनका ४ वडा जितेको छ। यस्तै काँग्रेसले ३ वडामा जितेको छ भने माओवादीले ३ वडा जितेको छ । पाटन नगरपालिका वडा नं १ मा माओवादीका तर्कसिंह ठगुन्ना,वडा नं २ मा नेकपा एमालेका महेशप्रसाद पन्त, वडा नं ३ मा एमालेका करुणाकर भट्ट, वडा नं ४ मा एमालेका दिपकसिंह विष्ट, वडा नं ५ मा कांग्रेसका फुनीसिंह बोहरा विजयी भएका छन् ।
यस्तै वडा नं ६ मा काँग्रेसका राजेन्द्रसिंह विष्ट, वडा नं ७ मा एमालेका ललित बहादुर चन्द , वडा नं ८ मा नेकपा माओवादी केन्द्रका हरिश विष्ट, वडा नं ९ मा नेकपा माओवादी केन्द्रका कालुसिंह भाट र वडा नं १० नेपाली काँग्रेसका धन बहादुर कुवर विजयी भएका छन् । पाटन नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर चुनाव लडेका हुन् भने एमाले एक्लै चुनाव लडेको हो । यो प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सुदूरपश्चि प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारीको गृह पालिका पनि हो ।