डोटी। डोटीको पूर्वचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । ५ हजार १ सय ३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका रामप्रसाद उपाध्याय निर्वाचित भएका छन्।भने ४ हजार ७ सय २४ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का निर्वाचित भएकी छन् ।
त्यस्तै नेकपा एमालेकी शारादाकुमारी साउदले २ हजार ४ सय ४४ मत ल्याउदा अध्यक्ष पदका उम्मेदवार कृष्ण कुमार खड्काले २२०५ मत ल्याएका हुन् । जम्मा मतदाता मध्य ६३.७७ प्रतिशत मतदाताले पुर्विचौकी गाउँपालिकामा मतदान गरेका हुन् ।सात वटा वडा रहेको पूर्वीचौकीमा सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले कांग्रेसका उम्मेदवारहरु विजयी भएको निर्वाचन कार्यालयले डोटीले जनाएको छ।