बाजुरा। जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर ७ को मत परिणाम सार्वजनिक गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय घुलाचौरले गाउँपालिकाको वडा नम्बर ७ मा नेपाली काँग्रेसका अध्यक्ष सहितको प्यानल उम्मेदवार विजयी भएको जनाएको छ। नेपाली काँग्रेसका उम्मेदवार तपेन्द्र शाहीले २०२ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत गम्भीर राना मगरले जानकारी दिए। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार पदमा माया पाध्याय १८० मत ल्याएर पराजित भएको बताएका छन् ।