डोटी। डोटीका ६५ वडामध्ये ३० वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार नेपाली कांग्रेसले १८ वटा वडामा जित हासिल गरेको छ ।
नेकपा एमालेले आठ, नेकपा माओवादी केन्द्रले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक वडामा जितेका छन् । प्राप्त नतिजा अनुसार बोगटान फुड्सिल गाउँपालिकामा कांग्रेसले तीन, एमालेले दुई र माओवादी केन्द्रले एक वडाध्यक्ष जितेको छ । फुड्सिलको वडा नम्बर ७ को परिणाम आउन बाँकी छ ।
आदर्श गाउँपालिकामा कांग्रेसले चार र एमालेले एक वडामा जित हासिल गरेका छन् भने दुई वडा गणना हुन बाँकी छ । सायल गाउँपालिकामा दुई वडा कांग्रेस र एक वडा एमालेले जितेको छ । यस गाउँपालिकामा तीन वडा गणना हुन बाँकी छ । बडीकेदार गाउँपालिकामा कांग्रेस दुई, एमाले दुई र माओवादी केन्द्रका उम्मेदवार एक वडामा विजयी भएका छन् । बडीकेदार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष समेत कांग्रेसले जितेका छन् ।
जोरायल गाउँपालिकामा एमालेले दुई र कांग्रेसले एक वडा जितेका छन् । यो गाउँपालिकामा तीनवटा वडाको मत गणना हुन बाँकी छ । पूर्वीचौकी गाउँपालिकामा कांग्रेसले तीन वडामा जित हासिल गरेको छ । चार वडाको गणना हुन बाँकी छ । यसैगरी शिखर नगरपालिकाका दुई वडामा कांग्रेसले जित हात पारेको छ । नौ वडामा गणना गर्न बाँकी छ । दिपायल सिलगढी नगरपालिकाको एक वडामा कांग्रेस विजयी भएको छ।आठवटा वडाको गणना हुन बाँकी छ ।प्राप्त जानकारी अनुसार केही पालीका बिजयीहरुको तथ्याङ्क ….
बोगटान फुड्सिल गाउँपालिका- जसमा नेपाली काँग्रेसले बोगटान फुड्सिल गाउँपालिका २ मा भरत बहादुर बम, ५ मा राम बोहरा, त्यस्तै माओबादी तर्फबाट वडा नम्बर ४ दिप बहादुर बम र नेकपा एमालेले वडा नम्बर १ बाट खेम घर्ती, भएका छन् भने ६ श्याम बोगटी विजयी भएका छन् ।
बड्डीकेदार गाउँपालिका- त्यस्तै बड्डीकेदार गाउँपालिका १ मा नेपाली काँग्रेसका, २ मा माओबादीका डबल बहादुर बोहरा, ३ मा नेपाली काँग्रेसका राम बहादुर गुरुङ, ४ मा एमालेका कर्ण बहादुर बोहरा र वडा नम्बर ५ मा एमालेका पदम सिं बोहरा विजयी भएका छन् ।
आदर्श गाउँपालिका-आदर्श गाउँपालिका ७ मा नेपाली कांग्रेसका लाल बहादुर बिष्ट, ६ मा एमालेका लाल बहादुर खडाएत
पूर्बीचौकी गाउँपालिका- पूर्बीचौकी गाउँपालिका १ मा नेपाली कांग्रेसका अंक बहादुर खडका, २ मा नेपाली कांग्रेसका योगेन्द्र ठकुल्ला, ६ मा नेपाली कांग्रेसका पुष्प जोसी, र ७ मा नेपाली कांग्रेसका प्रेम खड्का विजयी भएका छन् ।
शिखर नगरपलिका-शिखर नगरपलिका १ मा दिपक बहादुर बोगटी, ११ मा कर्ण बिष्ट विजयी भएका छन् ।
के आई सिंह गाउँपालिका-के आई सिंह गाउँपालिका ७ मा राप्रपाका दिल बहादुर बलायर र ६ मा माओवादीका कृष्ण प्रसाद जोशी विजयी भएका छन् ।
जोरायल गाउँपालिका- जोरायल गाउँपालिका वडा नम्बर १ मा एमालेका जगत मल्ल, २ मा एमाले कै बिर बहादुर दर्लामी र ३ मा नेपाली कांग्रेसका नविन ओझा विजयी भएका छन् ।
सायल गाउँपालिका- सायल गाउँपालिकामा १ मा एमालेका लाल बहादुर रोकाया, २ मा नेपाली कांग्रेसका मान बहादुर सिंह विजयी भएका छन् ।
दिपायल सिलगढी नगरपालिकामा- त्यस्तै दिपायल सिलगढी नगरपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसका कृष्ण साउद विजयी भएका छन् भने डोटी जिल्लाका अन्य वडाको मत गणना हुदैछ ।