डडेल्धुरा। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी प्यानलसहित विजयी भएका हुन्।
कार्कीले ३१८४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले १७०३ मत पाएका छन्। त्यस्तै उपाध्यक्षमा कांग्रसकी ज्ञानु सेठीले ३०१३ मत पाँउदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले १७०३ मत पाएका छन्।गन्यापधुरामा कांग्रेस एक्लै तथा एमाले र नेपाली कांग्रेस बिपी चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएका थिए।