डडेल्धुरा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेस पराजित भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ को वडाध्यक्षमा बीपी कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई हराउँदै बीपी कांग्रेसका नरेश भण्डारी विजयी भएका हुन्। भण्डारीले ६७३ मत ल्याउँदा देउवाले ५४४ मत पाए। उक्त वडामा काँग्रेस विपीको प्यानल नै विजयी भएको छ। पराजित भएका देउवा शिक्षकबाट राजीनामा दिँदै वडाध्यक्षमा लडेका थिए।
निर्वाचन अधिकृतको कार्यालयले विजय घोषणा गर्ने बाँकी छ। कांग्रेसबाट निष्कासित निवर्तमान पार्टी कर्णबहादुर मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। उसले यहाँ एमालेसँग तालमेल गरेको छ।