धनगढी। धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता कायम गरेका छन् । जम्मा १०० मतगणना हुदाँ हमालले ५५ मत प्राप्त गरेर अग्रता कायम गरेका हुन् ।
गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नेता नृप वडले २२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले २ मत ल्याएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीअगाडी छन्। धनगढीको उपप्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ती अधिकारीले ४० एमालेकी कन्दकला राना १० मत पाएकी छिन् ।यस्तै २१ मत बदर भएको जनाएको छ ।