डडेल्धुरा। डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। पछिल्लो प्राप्त मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।
प्रधानमन्त्रीको शेरबहादुर देउवाको स्थानीय तह डडेल्धुराको गन्यापधुरा गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले अग्रता कायमै राखेका छन्। सो पालिकामा नेकपा एकीकृत समाजवादीका नरबहादुर विष्ट, राप्रपाबाट कृष्णदेव भट्ट, राष्ट्रिय जनमोर्चाबाट टंकप्रसाद अवस्थी, नेपाली कांग्रेस बीपीबाट सुरेन्द्रबहादुर माली उम्मेदवार छन्।
कांग्रेसलाई यो स्थानीय तहमा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)ले पछ्याइरहेको छ । यो स्थानीय तहमा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याएर अग्रता लिएकी छन् । कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेका ईन्द्रबहादुर महराले २ सय ७५ मत ल्याएर दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार चन्द्रबहादुर मल्लले १ सय ४० मत ल्याएर तेस्रो स्थानमा छन् ।यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (बीपी) र एमालेले चुनावी तालमेल गरेको थियो ।