बझाङ। बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन्।
जयपृथ्वी नगरपालिका–१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल गाउँपालिका–८ पिजलीको महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद बस्तु भेटिएको हो।
यसैगरी जयपृथ्वी स्थित मतदान केन्द्रमा प्रेसकुकर बम जस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ। दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।