बझाङ। बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।