काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकीप्रधामन्त्रीपन्ती आरजु राणा देउवाको अभिव्यक्ति विवादमा तानिएको छ । उनले बिहीबार डडेलधुरामा सम्बोधन गर्दै कांग्रेसले नजितेका पालिकामा बजेट नपठाउने भन्दै पैसा पाउन मतदाताले कांग्रेस उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएकी थिइन् ।
निर्वाचन आयोगले कांग्रेस केन्द्रीय सदस्य राणालाई उक्त अभिव्यक्तिबारे स्पपष्टीकरण सोध्ने तयारी गरेको जनाएको छ । आयोगले उनको यो अभिव्यक्तिलाई ‘नोटिस’मा राखेको जनाएको छ । समाजिक सञ्जालमा समेत आरजुको अभिव्यक्तिको चर्को अलोचना भइरहेको छ । प्रधानमन्त्रीपत्नी भएको हैसियतमा कांग्रेस हारेका पालिकालाई बजेट नदिने भन्ने अधिकार उनलाई नभएको टिप्पणी भइरहेका छन् ।
राणाले बिहीबार डडेलधुरा पुगेर कांग्रेसले मेयर नजितेका पालिकामा बजेट नपठाइने चेतावनी दिएकी थिइन् । “जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ ?,’ उनले भनेकी थिइन्, “यो कुरा ध्यान दिएर करुवासरुवाहरुवा पार्टीलाई भोट नहाल्नूस् ।”उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आयोगले नोटिसमा राखेको हो । उनको अभिव्यक्ति आयोगको नोटिसमा राखेर अध्ययन भइरहेको बताइएको छ ।यहाँ तल भिडीयो हेर्नुहोस