डोटी । डोटीमा जिप दुर्घटना भएको छ। डोटीको सिलगढी देखी चौखुट्टे जाँदै गरेको से १ ज २१६ नम्बरको जिप डोटीको पुर्वीचौकी गाउँपालीकाको साना गाउँमा दुर्घटनामा परेको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बुधबार राती ८ः४५ बजे जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्। जिप दुर्घटनामा परेर पुर्वीचौकी गाउँपालीकाका ५० बर्षीय जमुना बोगटी, ४० बर्षीय बाटु बोगटी, सोही ठाउँका १९ बर्षीय कृष्ण बोगटी, ५० बर्षीय तर्मा बोगटी, २० बर्षीय इन्द्र बोगटी,५० बर्षीय बुट्टो सिँह बोगटी, ३५ बर्षीय तर्क बोगटी, ३५ बर्षीय डम्मर साउँद र १६ बर्षीय प्रसन साउँद रहेका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भिर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ भने २ जना डिस्र्चाज भएका छन् ।