डडेल्धुरा। डडेल्धुराका एक युवकको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ। काठमाडौंको बबरमहलमा आइतबार राति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक डडेलधुराका २६ वर्षीय केविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । श्रेष्ठ काठमाडौंको कोटेश्वर बस्दै आएका थिए। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जनाइएको छ।