धनगढी। धनगढी विमानस्थलसहित सात विमानस्थल बिहीबार देखी सञ्चालनमा आएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले रात्रिकालीन उडान गर्न मिल्ने गरी धनगढी विमानस्थलसहित चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज विमानस्थललाई दैनिक १८ घण्टा सञ्चालनको अनुमति दिएको हो ।
थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएका छन् । यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्चालन हुँदै आएका थिए । तर, बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म सञ्चालन हुने भएका हन् ।प्रादेशिक रूपमा आर्थिक गतिविधि बढ्नेछन्। उडान चापले यात्रा डिले हुँदा घन्टौंसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन्।
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ ।प्राधिकरणको यो निर्णयले विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने, जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने, यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।