धनगढी : सुदूरपश्चिम प्रदेशको एक्लो उप महानगरपालिका धनगढी उप महानगरपालिकामा ५ दलिय गठबन्धन र नेकपा एमाले बिच कडा प्रतिस्प्रधा हुने देखिएको छ । गठबन्धनका तर्फबाट नेपाली काग्रेंसका नृप बहादूर वडले मेयरमा उमेदवारी दर्ता गराएका छन्, भने एमालेका तर्फबाट रण बहादूर चन्द लगायतले मनोनयन दर्ता गराएका छन् । ५ दलको समर्थनमा मेयरको उमेदवारी दर्ता गराएको नृप बहादूर वड र एमालेका रण बहादूर चन्द बिचनै कडा प्रतिस्प्रधा हुने देखिएको हो ।
उमेदवारहरुले हिजो र आज मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट नेपाली काग्रेंसका नृप बहादूर वड, उप मेयरमा माओवादीकी शान्ति अधिकारी, नेकपा एमालेबाट मेयरमा रण बहादूर चन्द, उप मेयरमा कन्दकला रानाले उमेदवारी दर्ता गराएका छन् ।
बिद्यार्थी राजनितिबाटै सक्रिय रहेका एमाले नेता रण बहादूर चन्दले मेयर पदको टिकट पाएसंगै धनगढीमा नयाँ तरगं पैदा भएको छ । लामो राजनितिक इतिहाँस बोकेका चन्द कार्यक्रता र जनतामाँझ निकै लोकप्रिय मानिन्छन् । त्यस कारणपनि एमालेले जित्ने दावी गरिन्छ ।
५ दलिय गठबन्धन या स्वतन्त्र उमेदवार कसैले एमालेसंग प्रतिस्प्रधा गर्न नसक्ने चन्दको भनाई छ । ५ बर्ष काग्रेंसले धनगढीको बिकासका लागी कुनै ढाँचा बनाउन नसकेको दावी गर्दै चन्दले सत्ता गठबन्धनको बिकल्प एमालेनै रहेको बताए ।
एमालेको मेचीदेखी महाकालीसम्म देखिएको लहरनै पहिलो एमालेको जित्ने आधार हो चन्दले भने “यो धनगढी उप महानगरपालिकालाई ब्यवस्थि तगर्नका लागीपनि अब एमालेले जित्नुपर्छ, धनगढीलाई ५ बर्षसम्म काग्रेंस नेतृत्वको जनप्रतिनिधीले कुनै काम गर्न सक्नु भएन त्यस कारण अब एमालेले जित्नुपर्ने आवश्यक हो ।” यो सत्ताका लागी नेताहरुको गठबन्धन हो जनताले एमालेलाइनै रुचाउने छन् उनले भने “धनगढी उप महानगरमा देखिएका बेथितीलाई अन्त्य गर्नका लागी मेरो उमेदवारी हो हामी काम गरेर देखाउनेछौँ ।”
२०७४ सालको निर्वाचनबाट मेयर पदमा निर्वाचित भएका नृप बहादूर वड सत्ता गठबन्धनको तर्फबाट फेरी मेयर पदमा अगाडी सारिएका छन् । उनले गठबन्धनको तर्फबाट मेयर पदमा उमेदवारी दर्ता गराएका छन् । उमेदवारी दर्ता गराएसंगै वडले गत स्थानिय तह निर्वाचनमा एक्लै हुँदा बिजयी भएको बताउँदै अब धेरै मतान्तरले बिजयी हुने दावी गरे ।
म एक्लै काग्रेंसको उमेदवार हुँदा त २७ सय मत ले बिजयी भएको हुँ अब मसंग काग्रेंस सहित ४ दल अरु छन् उनले भने “मसित प्रतिस्प्रधामा कोही आउँदैन् तत्कालिन प्रतिस्प्रधामा आएका स्वतन्त्र उमेदवारलाइत १० हजार बढी मतले पराजित गर्छु ।
तर २०७४ सालको स्थानिय तह निर्वाचनमा २ हजार ७ सय मतले पराजित भएका स्वतन्त्र उमेदवार गोपाल हमाल यस पटक जनताले स्वतन्त्र ब्यक्तीलाइनै बिजय गराउने दावी गर्छन् । दलको ब्यक्तीबाट स्थानिय तहमा बिकास सम्भव नभएको भन्दै उनले स्वतन्त्रकै पक्षमा मतदान हुने दावी गरेका छन् ।
यो गठबन्धन जनताका लागी बनाइएको छैन मात्र नेताका लागी हुन हमालले भने “धनगढी बनाउनका लागी स्वतन्त्र उमेदवारको बिकल्प छैन यस पटक मलाई जनताले बिश्वास गर्नुहुने छ म बिजय हुनेमा बिश्वस्त छु ।” धनगढी उप महानगरपालिकामा सत्ता गठबन्धन, एमाले र स्वतन्त्र उमेदवार बिचको प्रतिस्प्रधा रोचक हुने देखिएको छ ।