धनगढी : आगामी स्थानिय तहको निर्वाचनका लागी उमेदवारहरुले हिजो र आज मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट नेपाली काग्रेंसका नृप बहादूर वड, उप मेयरमा माओवादीकी शान्ति अधिकारी, नेकपा एमालेबाट मेयरमा रण बहादूर चन्द, उप मेयरमा कन्दकला रानाले उमेदवारी दर्ता गराएका छन् ।
बिद्यार्थी राजनितिबाटै सक्रिय रहेका एमाले नेता रण बहादूर चन्दले मेयर पदको टिकट पाएसंगै धनगढीमा नयाँ तरगं पैदा भएको छ । लामो राजनितिक इतिहाँस बोकेका चन्द कार्यक्रता र जनतामाँझ निकै लोकप्रिय मानिन्छन् । त्यस कारणपनि एमालेले जित्ने दावी गरिन्छ ।
५ दलिय गठबन्धन या स्वतन्त्र उमेदवार कसैले एमालेसंग प्रतिस्प्रधा गर्न नसक्ने चन्दको भनाई छ । ५ बर्ष काग्रेंसले धनगढीको बिकासका लागी कुनै ढाँचा बनाउन नसकेको दावी गर्दै चन्दले सत्ता गठबन्धनको बिकल्प एमालेनै रहेको बताए ।
एमालेको मेचीदेखी महाकालीसम्म देखिएको लहरनै पहिलो एमालेको जित्ने आधार हो चन्दले भने “यो धनगढी उप महानगरपालिकालाई ब्यवस्थि तगर्नका लागीपनि अब एमालेले जित्नुपर्छ, धनगढीलाई ५ बर्षसम्म काग्रेंस नेतृत्वको जनप्रतिनिधीले कुनै काम गर्न सक्नु भएन त्यस कारण अब एमालेले जित्नुपर्ने आवश्यक हो ।” यो सत्ताका लागी नेताहरुको गठबन्धन हो जनताले एमालेलाइनै रुचाउने छन् उनले भने “धनगढी उप महानगरमा देखिएका बेथितीलाई अन्त्य गर्नका लागी मेरो उमेदवारी हो हामी काम गरेर देखाउनेछौँ ।”