धनगढी : नेकपा एमाले धनगढी उपमहानगरपालिका वडा न.१२ अन्तरगत नेकपा एमालेको तर्फबाट शेर बहादुर महरा(एसबी) वडा अध्यक्षको उम्मेदवार हुने भएका छन् । हिजो राती अबेरपछिको निर्णयबाट पार्टीले उनलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
वडा कमिटीको सिफारिस हुँदै नगर र जिल्ला कमिटीको राय अनुरुप एमाले प्रदेश कमिटीले योग्य ठान्दै महरालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । महरा एमालेको बलिया उम्मेदवारको रुपमा रहेका छन्
कम्युनिस्ट पार्टीको भातृ संगठन तत्कालिन युवा संघ नेपाल धनगढी नगर कमिटिका संस्थापक अध्यक्ष शेर बहादूर महरा । उनि मेहेनतमा बिश्वास राख्ने ब्यक्ती हुन् ।
धनगढी उप महानगरपालिका वडा नम्बर १२ मा २०४२ साल जेठ २४ गते आमा नारुतादेवी र बुवा प्रताप महराको कान्छा सन्तानका रुपमा जन्मेका शेर बहादूर महरालाई बुवाले निजामती कर्मचारी बनाउने सोच बनाए । बुवा प्रतापपनि सरकारी सेवामा कार्यरत भएको हुँदा छोरालाईपनि सरकारी अधिकृतको रुपमा देख्ने उनको सपना थियो ।
पुख्र्यौली घर डोटी भएका महराले हाई स्कुल पढ्ने बेलादेखीनै नेतृत्व गर्न थाले । गाउँमा युवा क्लव गठन गरेर उनि हाई स्कुल पढ्ने बेलाबाटै समाज सेवा गर्न थाले । छोरालाई सरकारी अधिकृत बनाउने सोच बुवाको भएपनि उनमा त्यो लक्षण देखिएन उनि सानै उमेरबाट सामाजिक कार्यमा सक्रिय हुन थाले । हाई स्कुल पास गरेका महराले उच्च शिक्षा अध्यायन गर्दा गर्दै उनि राजनिति तिर होमिए । तत्कालिन समयमा उनलाई नेकपा एमाले पाटी मन प¥यो ।
२०६३ सालमा राजनिति शुरु गरेका महरा युथ फोर्सको कैलाली संस्थापक ईन्चार्ज बने । उनि सामाजिक कार्यमा सक्रिय भएपछि उनलाई सबैले एसबी महरा भनेर चिन्न थाले । त्यसपछि राजनितिक यात्रामा सक्रिय हुँदै महरा हाल युवा संघ नेपालको सेती अञ्चल अध्यक्ष छन् । २०६८ सालमा ५ वटा युवा क्लव मर्ज गरेर महराको नेतृत्वमा नवबुद्ध युवा क्लवपनि बनेको थियो । बिसंगती बिरुद्ध अभियान, गाउँमा सचेतनात्मक अभियान लगायतका सामाजिक क्षेत्रमा उनि निकै सक्रिय भए ।
युवा संघ नेपाल गठन हुँदा १३ जनाबाट शुरु गरेको भएपनि अहिले निकै लहर बढेको महरा बताउँछन् । पहिलेदेखीनै युवाहरुका प्रिय महरा अहिलेपनि उत्तिकै प्रिय छन् । युवाहरुसंग निकै प्रिय रहेका महरालाई तत्कालिन एमालेका नेताहरुले युवासंघमा ल्याएका थिए । बिभिन्न आन्दोलन तथा सामाजिक उत्तरदायीत्व स्वरुप काम गरिरहेका महराले आफ्नो पक्षमा निकै माहोल बनाउन सफल भए । अखण्ड सुदूरपश्चिमको आन्दोलनमापनि सह संयोजकको भुमिकामा रहेका महराले राम्रै भुमिका निभाएका थिए ।
गलत काममा लाग्नेलाई सतर्क गराउने देखी दुख पिडामा परेका ब्यक्तीहरुलाई सहयोग गर्ने सम्मका काममा महरा जहिलेपनि अगाडी हुन्थे । करिब १४÷१५ बर्षको अबधीमा राजनितिक यात्रा राम्रै संग बितेको उनि बताउँछन् ।
निरन्तर राजनितिमा लागेका महरा काठमाण्डौँ केन्द्रित भएर राजनिति गर्न थाले । काठमाण्डौँ संगै फेरी धनगढीमापनि उनि राजनितिमा सक्रिय हुन थाले । पार्टीको आन्तरिक चपेटामा समेत परेका महरा बिचमा जिम्मेवार बिहिनपनि भएका थिए । तर पार्टीको जिम्मेवारीमा नरहेपनि उनले अन्य क्षेत्रबाट सेवा भने निरन्तर गरिरहे । कुनै ब्यक्तीले उनि हराए भनेर भनेपनि उनि जनतासंगै काममा ब्यस्त छन् ।
अहिले आफ्नै क्षेत्रमा फेरी उनि निकै सक्रिय छन् । राजनितिलाई कमाई खाने भाँडो बनाउने परम्परालाई उनि तोड्ने पक्षमा छन् । एकातिर कुनै ब्यवसाय गर्ने र अर्कोतिर राजनिति गर्ने योजनामा उनि छन् । उनि आफु मात्रै नभएर यस प्रदेशका धेरै युवाहरुलाई स्वरोजगार बनाउने योजनामा छान् ।
साथै उनले कोरोना भाइरश नियन्त्रणमा पनि निकै सक्रियता देखाएका थिए । नवबुद्ध युवा क्लवको आयोजना र बिभिन्न क्षेत्रको सहयोगमा बिभिन्न वडा सेनिटाइजिङ गरे ।
राजनिति गर्ने मान्छेले निस्वार्थ राजनिति गर्नुपर्छ भन्ने उनको धेय छ । अध्यायन र चेतना बढाउनुपर्ने उनको भनाई छ । राजनिति भन्दैमा सबैले गर्न नसकिने उनि बताउँछन् । समस्या संग जुध्न सक्ने क्षमताको युवाले आए स्वागत गर्न उनि तयार छन् । पछिल्लो समय राजनितिलाई कमाउने भाँडो बनाइदिदा सिंगो राजनिति गर्ने ब्यक्ती बदनामित भइरहेको महरा बताउँछन् । ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गरिदिदा जनतामा राजनिति गर्नेमाथीको बिश्वास घटेको हो । स्वार्थ राखेर धेरै पछिसम्म टिक्दैन निस्वार्थ काम गर्नका लागी सबैले मिल्नुपर्नेमा उनको जोड छ ।
उनले बन तथा वातावरण मन्त्री नारदमुनी रनाका स्वकिय अधिकृतको समेत जिम्मेवारी बहन गरिसकेका छन् । अबको महराको योजना जनप्रतिनिधी बनेरै राजनिति गर्ने छ । अब आफ्नो वडाको वडा अध्यक्ष बनेर वडाबाट बिकासको जग बसाल्ने महराको योजना छ । वडाको बिकासका लागी पुरै खाका तयार पारेको बताउँदै महराले यस पटकको वडा अध्यक्षमा बिजयी गराउन वडाबासीमा अपिल गरेका छन् ।