कैलाली। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ विपतपुर मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आइतबार दिउँसो १२ बजे देखि आगलागी भएको प्रहरीले जनाएको छ ।
किसानहरुले गहुँको नलमा आगो लगाएका कारण आगलागी घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डि एस पी बेद प्रकाश जोशीका अनुसार ७० भन्दा बढी घर जलेर नष्ट भएको बताए । उनका अनुसार अहिलेसम्म मानविय क्षेती भएको छैन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरले खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको बताए । उनका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि हावाहुरी चलेका कारण समस्या भएको छ । करिब ७२ वटा घर रहेको उक्त शिविरका घर जलेर नष्ट भएको कैलारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कमल चौधरीले जानकारी दिए ।
आगो नियन्त्रणमा आइनसकेका कारण के–कति घर जले भन्ने यकिन अझै एकिन हुन सकेको छैन। अहिले आगो निभाउने प्रयास भइरहेको छ तर हावाहुरी चलेकाले समस्या भएको उनले बताए ।