कैलाली। नेकपा माओवादी केन्द्र चुरेगाउँपालीकाले गठबन्धन दलले गरेको निर्णयमा असन्तुष्टि जनाएका छन्। कैलालीको चुरेमा माओवादीलाई अपमानजनक रुपमा अध्यक्ष र उपाध्यक्ष पदमा सँलग्न नगराउने त्रुटिपुर्ण निणर्य बिरुद्ध असन्तुष्टि जनाएका हुन् ।
यही बैशाख ३० गते हुन गइरहेको स्थानिय चुनाबमा गठबन्धन दलले गरेको निर्णय आफुहरुलाई अमान्य भएको बताएका छन् । चुरेगाउँपालीका अध्यक्ष हर्क नेपाली(सगुन) र सचिब टेकेन्द्र बमद्धारा जारी संयुक्त प्रेस बिज्ञप्तीमा सो निर्णय आफुहरुलाई अमान्य भएको बताएका छन् ।
जनयुद्धको उर्वरभुमी रहेको कैलालीको चुरेमा अपमानजनक रुपमा अध्यक्ष र उपाध्यक्ष पदमा सँलग्न नगराउने त्रुटिपुर्ण निणर्य गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। कैलालीमा गठबन्धन सम्बद्ध दलको बैठकबाट गरिएको निर्णय त्रुटिपुर्ण भएको र आफूलाई अमान्य भएको जनाइएको छ । तसर्थ माओवादी केन्द्र चुरे गाउँपालीका एकमत भई एकल रुपमा स्थानिय निर्वाचनका लागी जनतामाझ जाने र सहभागी हुने बिज्ञप्ती मार्फत जनाएको छ।