कैलाली। कैलालीका पालीकामा आसन्न स्थानीय चुनावमा गठबन्धन बिरुद्ध माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ। कैलालीको गोदावरीमा नेकपा माओवादी केन्द्रले गठबन्धनका नाममा माओवादीलाई मेयर/उपमेयर पद नदिने गरि हुने सहमति आफुलाई मान्य नहुने जनाएको छ।
नगरकमिटीका अध्यक्ष धर्म सिँ कुँवरद्धारा जारी गरिएको बिज्ञप्तीमा नगरपालीकामा पार्टिको साँगठनिक अवस्था सुदृढ रहेको अवस्थामा गठबन्धनका नाममा माओवादीलाई मेयर/उपमेयर पदमा सँलग्न नगराउने षडयन्त्र भैरहेकाले पार्टिको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नगरकमिटीका अध्यक्ष कुँवर र सचिब मदन कठायतले संयुक्त रूपमा हस्ताक्षर गरेर जिल्लामा हुने सहमति आमान्य हुने बताएका हुन । यस्तो अवस्थामा नेकपा माओवादी केन्द्रले एकल उम्मेदवारी दिने चेतावनी दिएको छ। एक मत निर्णयका साथ पार्टिको नेतृत्वमा एकल रुपमा निर्वाचन प्रक्रियामा अघि बढ्ने बिज्ञप्तीमा उल्लेख गरेका छन् ।