धनगढी। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) ले सुदूरपश्चीमका सबै पालिकामा उम्मेद्वारी दिने भएको छ । सुदूरपश्चिमका ८८ वटै पालिकाका वडा सदस्य देखि प्रमुख, उपप्रमुखहरुमा उम्मेदवाारी दिने तयारी गरेको हो ।
नेकपा (एस)ले पार्टीमा त्यसका लागि तल्ला कमिटीहरुलाई आन्तरीक सर्कुलर समेत गरेको छ । पार्टी संगठनको जनता माझ जबरजस्त उपस्थिती देखाउन सबै ठाउँमा उम्मेदवारी दिन लागेको बताइएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले देशभर गठबन्धन गरेर जाने निर्णय गरेको छ । सुदूरपश्चिममा देशभरिकै राम्रो संगठन बनाएको नेकपा ९एस०ले एक्लै चुनावमा होमीन लागेको हो ।
आउँदो १२ गते स्थानीय तहमा तोकिएको निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गर्ने तयारी भैरहेको छ’, एकजना प्रदेश कमीटी सदस्यले भने, ‘हाम्रो संगठन एक्लै चुनावमा जान्छ, कसैको बैशाखीमा चुनाव लड्दैनौं । हाम्रो उपस्थीति देखाउँछौ ।’यता सत्तागठबन्धमा संलग्न कांग्रेस भने समाजवादीको निर्णयले झस्केको बताएको छ । गठबन्धनको केन्द्रीय नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगर पालिकामा कांग्रेसलाई प्रमुख र उपप्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ । वडाहरुमा नेपकपा एसलाई सम्मानजनक उपस्थिती गराउने केन्द्रले निर्णय गरिसकेको अवस्थामा छुट्टै निर्णय गरेर सबै ठाउँमा उम्मेदवारी दर्ता गर्नुभनेको राजनीतिक बेइमानी हुने काँग्रेसका नेताकार्यकर्ताको प्रतिक्रिया रहेको छ ।
एकमात्र उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सबै दलको सातो लिइ रहेका छन् । काँग्रेस पृष्ठ भुमिबाट साझा पार्टी हुँदै अहिले स्वतन्त्र उम्मेदवार बनेका हमालले धनगढीमा कांग्रेस संग आफ्नो प्रतिस्पर्धा हुने बताएका छन् । यस्तो अवस्थामा समाजवादी पार्टीले गरेको निर्णयले उपमहानगर कांग्रेसको पोल्टाबाट बाहिर जाने निश्चीत भएको धनगढीमा चर्चा छ । हमाललाई एता एमालेको एक समुहले समेत सहयोग गर्ने बताइएको छ । नेकपा९एकीकृत समाजवादीको०ले उम्मेद्वारी दर्ता गर्ने तयारी थालेपछी गठबन्धनले ठुलो हार व्यहोर्नु पर्ने विश्लेषण गरिएको छ । समाजवादीको यस्तो निर्णयले एमाले र स्वतन्त्र उम्मेद्वार लाई फाइदा हुने छ ।