डोटी। डोटीमा दुई महिला पत्रकार गाउँपालिका उपाध्यक्षकालागी दौडधुपमा लागेका छन् । यही ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनकालागि अहिले उनीहरु उपाध्यक्ष बन्ने दौडमा लागेका हुन्।
आसन्न स्थानीय तहको चुनावमा कर्मचारी, शिक्षक, पत्रकार देखि कलाकारसम्मले भाग लिँदैछन् । डोटीमा पनि दुई जना महिला पत्रकार जनप्रतिनिधि बन्ने दाउमा छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा रश्मि कुँवर र आदर्श गाउपालिकामा लक्ष्मी रोकायाले उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन्।
कुँवर नेपाली कांग्रेसको १३ ओै महादिवेशनवाट डोटी जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएकि हुन् । उनी डोटी जिल्लामा विगत ८/९ वर्ष देखि रेडियो क्षेत्रमा कार्यरत छन्। कुँवर रेडियो डोटीमा कार्यरत छन्। उनीहरुले नेपाली काँग्रेसबाट चुनाव लड्ने तयारी थालेका हुन्। यस्तै अर्की महिला पत्रकार लक्ष्मी रोकायले डोटीको आदर्श गाउँपालिकाको उपाध्यक्षमा दावि प्रस्तुत गरेकि छन् । लामो समय पत्रकारिता क्षेत्रमा काम गरेकि रोकाया अहिले नेपाल प्रेस युनियन डोटी शाखाको उपाध्यक्ष हुन । रोकाया नेपाली कांग्रेसको १४ ओै महाधिवेशनबाट प्रदेश प्रतिनिधिमा निर्वाचित हुन् ।