धनगढी। धनगढी उप-महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बलवहादुर ऐरले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
यही ३० गते हुने स्थानीय निर्वाचनमा पार्टीले उपमेयरको उम्मेदवारमा सिफारीस गरेपछि वडाअध्यक्ष ऐरले निर्वाचन अचारसंहिता पालना गर्दै बहाल रहेको पदवाट राजिनामा दिएका हुन् ।उनले सामाजिक सञ्जाल मार्फत बैशाख ३० गते को निर्वाचनको लागि आफ्नो पदबाट राजिनामा पेश गरेको भनेर उल्लेख गरेका छन्।
देशभरकै स्थानीय जनप्रतिनिधि मध्ये अग्रपङ्तिमा गनिने धनगढी ३ का वडाअध्यक्ष वडाअध्यक्ष ऐर जनताको सेवामा तल्लिन रहेका थिए ।गत निर्वाचनबाट धनगढी उप-महानगरपालिका वडा नम्बर ३ को वडाअध्यक्षमा निर्वाचित युवा नेता ऐेरले धेरैजसो काम कारवाहीमा पार्टी राजनीति भन्दा माथि उठेर सम्पूर्ण जनताको सेवामा तल्लिन रहेका थिए।
बिकासवादी नेता ऐर यही काम गराईले माओवादीका अमुक नेता भन्दा सच्चा जनप्रतिनिधी कहलिएका थिए । यसअघि उनको धनगढी उप(महानगरपालिकाको मेयरमा उठ्ने चर्चा भएपनि पार्टीले चुनावी गठबन्धन गर्दा उपमेयर भाग लागेपछि युवा नेता ऐर उपमेयरमा लड्न तयार भएका हुन् । उनले वडाध्यक्षको हैसियतमा पाएको सवारी लगायतका सबै सुविधाहरु उपमहानगरपालिकालाई फिर्ता गरेको बताए ।