धनगढी : धनगढी उप महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेन्द्र राना हप्पु र धनगढी उप महानगरपालिका वडा नम्बर ३ का वडा सदस्य ओम बिक्रम चन्दले सरकारी मोटरसाइकल धनगढी उप महानगरपालिकालाई फिर्ता गरेका छन् ।
स्थानिय तह निर्वाचनका लागी मनोनयन गर्ने मिति नजिकिएसंगै उनिहरुले आफुले प्रयोग गर्दै आएको मोटरसाइकल उप महानगरपालिकालाई फिर्ता गरेका हुन् ।
स्थानिय तहको निर्वाचनमा फेरी वडामा दोहोरिने तयारी सहित उनिहरुले मोटरसाइकल उप महानगरपालिकालाई फिर्ता गरेका हुन् । निर्वाचन नजिकिएसंगै पार्टीका काममा मोटरसाइकल प्रयोग हुन सक्ने कुरालाई मध्यनजर गर्दै मोटरसाइकल फिर्ता गरेको वडा सदस्य चन्दले बताए ।