काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसको असर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दए ।शुक्रबार नै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताए । घोषणापत्रमा अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको रुपमा संसद विघटन गरेको निर्णयलाई सही निर्णय गरिएको ठहर गरिएको ।
‘प्रतिनिधिसभा विघटन र संसद विघटन स्वभाविक प्रक्रियामा थियो । तर त्यसलाई २०७८ असार २८ को परमादेश जनादेशलाई ठाडो चुनौती र निकृष्ट काम हो’ घोषणापत्र मस्यौदा समितिका संयोजक समेत रहेका ईश्वर पोखरेलले भने, ‘मुलुकलाई प्रतिगमनमा लैजाने काम भयो । आपराधिक प्रयत्न थियो । अदालतमा मजाक विषयमा । अविश्वनीय बन्दै गएको छ ।’यस्तो छ एमालेको चुनावी घोषणापत्रको पूर्णपाठ :https://drive.google.com/file/d/1M22gZrxSCBYQzzWm-TLUzf8YZa5nlB5f/view