धनगढी। कैलालीको गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेसका नेता भोज बहादुर बमले आफ्नो मेयर पदमा उम्मेदवारी रहेको घोषणा गरेका छन् । बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फ बाट गौरीगगा नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिने उनले स्टेट सेभन अनलाईन लाई जानकारी दिएका छन् ।
२०४९ साल देखि हाल सम्म क्षेत्रिय प्रतिनिधी रहदै आएका बमले भष्ट्रचार मुक्त नगरपालिका बनाउँन आफुले उम्मेदवारी दिन लागेको बताएका छन् । गौरीगंगाको मेयरमा जितेपछि े भष्ट्रचार मुक्त नगरपालिका, प्रविधी युक्त र स्मार्ट गौरीगंगा नगरपालिका बनाउँने लक्ष्य रहेको बताए ।
बम लामो समय देखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् भने यस अघि राष्ट्रिय सहकारी महासंघ नेपालमा पुर्व संञ्चालकका रुपमा पनि काम गरिसकेका छन् । त्यस्तै पाटी भित्र नेवि संघका पुर्व जिल्ला सदस्य, क्षेत्रिय सदस्य, तरुणदल, पुर्व महाधिवेशन प्रतिधस्का रुपमा रहेर काम गरेको अनुभब बम लाई छ ।