धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।
चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका प्रचण्डले कहिँकतै स्थानिय तहमा गठबन्धनभित्र त्यस्तो समस्या प¥यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ रहेको बताए । सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिका र ११ उप–महागरपालिकामा गरिएको तालमेलका आधारमा नै देश भरीका अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले विश्वास ब्यक्त गरे ।
अध्यक्ष प्रचण्डले कहि कतै समस्या परेको खण्डमा गठबन्धन भित्र पनि स्वच्छ प्रतिस्पधा हुने बताए । महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल भएका कारण त्यही मर्म र भावनालाई आत्मसाथ गरेर अन्य पालिकामा तालमेल र गठबन्धन गर्ने तयारी भएपनि कहिकतै समस्या परेमा त्यस्तो ठाउँमा गठबन्धनभित्रै पनि समस्या परेको ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताए । गठबन्धनबारे असन्तुष्टिका स्वरहरू सुनिनु लोकतन्त्रको सुन्दर पक्ष भएको समेत उनले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुदेखि गठबन्धनले चुनाव सार्छ भन्ने कन्फ्युजन पार्न खोजिए पनि त्यो गलत भएको बताए । उनले गठबन्धन दृढतापूर्वक निर्वाचनमा गइसकेको छ । निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन व्यापक जनसहभागिता सुनिश्चित गर्नपर्ने बताए । सुदूरपश्चिममा पार्टीको सङ्गठन सुदृढ र विस्तारको क्रम राम्रोसँग अघि बढेको भन्दै प्रचण्डले विभाजित भएकाहरू पनि माओवादी केन्द्रसँग जोडिने प्रक्रिया राम्रो देखिएको उनको बताए । प्रचण्डले नेपाली राजनीतिमा दुई ध्रुवीकरण देखा परेको बताए । हिजो प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध आन्दोलन गर्नेको शक्तिको परिवर्तन र अग्रगामी गठबन्धन रहेको बताउँदै उनले अर्को गठबन्धन परिवर्तन उल्ट्याउने कोशिस गर्नेहरूको रहेको बताए । हिजो राजा महाराजसँग सम्बन्धित शक्तिहरूदेखि अरू कुनै दलाल शक्तिहरू कहिले आठ दल–९ दल भनेर जुटेका छन् । अग्रगमनका पक्षधरहरू र यो प्रगतिलाई उल्टाउने कोसिस गर्नेहरुबीच ध्रविकरण देखिएको उनले बताए । फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले गभर्नर प्रकरणमा चैत १३ गतेपछि मात्र थाहा हुने बताए । उनले गभर्नर र सरकारको बीचमा समस्या देखिएपछि अर्थमन्त्री र प्रधानमन्त्रीको सल्लाहमा नै सो निर्णय गरिएको पनि बताए ।