कञ्चनपुर। नेपाल परिवार दल र नेकपा एमाले बिच दोस्रो भेटबार्ता सम्पन्न भएको छ। मङ्गलबार कंचनपुरमा परिवार दलका सयोजक र एमाले कंचनपुर जिल्लाका उपाध्यक्ष बिच उम्मेदवार टुंगो लगाउन छलफल गरिएको हो ।
दुई पार्टी बीच चुनावी गठबन्धनको सम्बन्धमा जिल्ला समन्वय समिति कंचनपुर अझ अध्ययन र छलफल गरेर अगाडि प्रक्रियामा बढ्ने परिवार दलका संयोजक खडक नागरीले जानकारी दिए ।यस्तै गठबन्धनको विषय सकारात्मक रहेको साथै स्थानीय चुनावमा सहकार्यको साथ अगाडि बढ्ने एमाले कंचनपुर जिल्लाका उपाध्यक्ष लक्ष्मी बुढाले बताईन्।
अगामी दिनमा दुई पार्टी बिचको गठबन्धनलाई अझ बलियो बनाउदै लैजाने दुबै पक्षको ठहरका साथ बैठक सम्पन्न भएको उनले बताएका छन् । बैठकमा नेपाल परिवार दलका तर्फबाट जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम परियार, कोषाध्यक्षमा वीर बहादुर रावल जिल्ला जिल्ला सचिव शहदेव भट्ट, सदस्य गौरी एस .के, पिस फोर्सका कंचनपुर सह-सचिव सावन जैरु, पिस फोर्स क अ उपाध्यक्ष समीर सेवा, सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी, पिस फोर्सका केन्द्रीय सदस्य उपस्थिति रहेको थियो । भने नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समितिको उपाध्यक्ष लक्ष्मी बुढा र फैरु तामाङ उप-सचिव करन बहादुर चन्द ज्युको उपस्थिति रहेको थियो।