धनगढी। मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीइ टीम नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बल एपिएफ क्लब भिड्ने भएका छन्।
अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भईरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली बुधबार भिड्ने भएका हुन्। सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन्।
पहिलो सेमिफाईनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५–१२ ले हराउँदै उपाधि नजिक पुग्यो । दोस्रो सेमिफाईनल खेलमा एपिएफ क्लबले सुदुरपश्चिमलाई ३७–३२ ले हरायो । देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन । प्रतियोगिताको बुधबार सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द वोहोराले समापन गर्ने कार्यक्रम रहेको छ ।