काठमाण्डौँ । नेपाली कांग्रेसले सुदूरपश्चिमसहित ७ वटै प्रदेशमा ‘डेस्क स्थापना’ गरेको छ कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय कार्यालयमा प्रदेश डेस्क स्थापना गरेका छन् ।
उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयअनुसार देउवाले प्रदेश डेक्स स्थापना गरेका हुन् । सातवटै प्रदेश डेक्ससँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी देउवाले सहमहामन्त्रीलाई प्रदेश डेक्सको संयोजक तोकेका छन् ।सुची हेर्नुहोस्
प्रदेश नं. १ – सहमहामन्त्री जीवन परियार
मधेस प्रदेश – सहमहामन्त्री भीष्मराज आङ्दम्बे
बागमती प्रदेश – सहमहामन्त्री फरमुल्लाह मन्सुर
गण्डकी प्रदेश – सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना”
लुम्बिनी प्रदेश – सहमहामन्त्री महेन्द्र यादव
कर्णाली प्रदेश – सहमहामन्त्री बद्री पाण्डे
सुदूरपश्चिम प्रदेश – सहमहामन्त्री किशोरसिंह राठौर