कैलाली। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट सात जनाको दावेदारी परेको छ ।
धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि वर्तमान मेयर नृप बहादुर वडसहित नेपाली काँग्रेसबाट सात जनाले दाबी गरेका छन् ।धनगढी नगर कमिटीले नगर प्रमुख तथा उपप्रमुख पदका लागि नाम मागेपछि वर्तमान मेयर वड सहित सात जनाले दाबी पेश गरेका हुन् ।
यसरी दाबी पेश गर्नेमा काँग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा क्षेत्री, पूर्व जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, नेतृ जागृती बोगटी र लक्ष्मीदत्त भट्टले मेयरमा आकांक्षी रहेको भन्दै दाबी पेश गरेका छन् । त्यस्तै उपमेयरमा महासमिति सदस्य निपा चोखाल, पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल र डम्मरी महरा रक्षाले दाबी गरेको कांग्रेस कैलालीले जानकारी दिएको छ ।