बझाङ। बझाङमा जीप दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर-३ बामनडाँडाका ५० वर्षीय जय सार्की रहेका छन्।
उनले चलाएको से १ ज ६७३ नम्बरको जीप सडकबाट अनियिन्त्रित भएर छबिसपाथिभेरा १ भाँडे बजार नजिक किन्द्राल्ला भीरबाट सेती नदीमा खसेको थियो। चालक शार्कीले हामफालेर ज्यान बचाउन खोज्दा ढुंगामा टाउको लागेर ज्यान गएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। माथी भिरबाट ढुंगा खसेर जीपमा ठोक्किँदा जीप सडक भन्दा सेती नदीमा खसेको थियो ।
प्रहरीका अनुसार जीप बिहान ६:४५ बजे सडकबाट ५०० मिटर तल सेतीमा खसेको थियो भने चालक शार्की भीरको बीच भागमा अड्किएका थिए। बिहानै पसलका लागि सामान ल्याउन गएको जीप अनियन्त्रित भइ खसेको र सेती नदी डुबेको हो। अहिलेसम्म जीप निकाल्न नसकिएको प्रहरी जनाएको छ।