धनगढी। सुदुरपश्चिमका नवनियुक्तमन्त्रीलाई नेपाल महिलासंघ तथा जनप्रतिनिधिले स्वागत तथा बधाई शुभकामना ब्यक्त गरेका छन् । हालै सुदुरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका मन्त्रीहरुलाई नेपाल महिलासंघका नेता तथा जनप्रतिनिधिले स्वागत तथा बधाई शुभकामना कार्यक्रम गरेका हुन् ।
शुक्रबार नेपाली काँग्रेसका तर्फबाट रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, सामाजिक विकास मन्त्री गोबिन्द बोहरा र टेकबहादुर रैका सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त भएका थिए । मङ्गलवार सम्बन्धित मन्त्रालयमै पुगेर नेपाल महिलासंघका नेता तथा जनप्रतिनिधिहरुले सुदुरपश्चिम प्रदेशका नवनियुक्तमन्त्रीलाई खादा ओडाएर स्वागत तथा बधाई शुभकामना ब्यक्त गरेका हुन् । सोही अवसरमा आज नेपाल महिलासंघका नेता तथा जनप्रतिनिधिले बधाई तथा स्वागत कार्यक्रम गरेका थिए । नेपाल महिलासंघ धनगढी नगर सभापती जागृर्ती बोगटीले सुदुरपश्चिम प्रदेश सरकारमा हालै नियुक्त भएका मन्त्रीलाई नेपाल महिलासंघ, जनप्रतिनिधिको तर्फबाट हार्दिक बधाई साथै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेको बताईन् । कार्यक्रममा नेपाल महिलासंघका नेतागण, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।