कैलाली। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कैलाली जिल्लालाई २०६४ सालकै अवस्थामा फर्काउने दाबी गरेका छन् । जसपाबाट सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी माओवादी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पुराना माओवादीहरू एक जुट हुन थालेकाले कैलाली बलियो हुने बताए।
पहिलो संविधान सभा निर्वाचनमा कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी जसपाबाट माओवादी प्रवेश गरेपछि स्थानीयतहमा समेत राम्रो प्रभाव पर्ने प्रचण्डले बताए। निर्वाचनको ब्याटल जित्ने बेलामा चौधरीको पार्टी प्रवेशले सकारात्मक सन्देश जाने बताए। यस्तै एमालेसँग एकता गर्दा आफूले धेरै चिज बुझेको प्रचण्डले बताए।‘एमाले के चिज हो ? बुझ्ने मौका पाएको छ। मेरो तीन वर्षको अनुभव भयो र संगै बसेर अनुभव गरे । सबै एक जुट भएर ब्याटल जित्नु पर्ने छ’ प्रचण्डले भने।कैलालीलाई लाल किल्ला बनाई छोड्ने प्रतिबद्धता सहित जसपा सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कृष्ण चौधरी नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेको माओवादी नेता रमेश भट्टराईले जानकारी दिए । साथै जसपाबाट पशुपति चौधरी,गङगा चौधरी,माया नेगिले पार्टी प्रवेश गरेका छन् । माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई आज पार्टीमा स्वागत गरेका छन्।