धनगढी। जनता समाजवाद पार्टी सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी पुनः माओबादीमा फर्किएका छन् । उनले आफ्नो फेसबुक मार्फत आजबाट जसपा पार्टिको सम्पुर्ण जिम्मेबारी राजिनामा गरेको घोषण गर्दछु भनेर लेखेका छन् ।
कैलालीलाई लाल किल्ला बनाई छोड्ने प्रतिबद्धता सहित जसपा सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कृष्ण चौधरी नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेको माओवादी नेता रमेश भट्टराईले जानकारी दिए ।साथै जसपाबाट पशुपति चौधरी,गङगा चौधरी,माया नेगिले पार्टी प्रवेश गरेका छन् । माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई आज पार्टीमा स्वागत गरेका छन्।कृष्णकुमार चौधरी जनयुद्दको बेला देखी नै माओबादीमा थिए ।त्यसपछि उनी डा. बाबुराम भट्टराइको नयाँ शक्ती पार्टी हुँदै जनता समाजबादीमा सकृय रहँदै आएका थिए । केही दिन अघि सुदुरपश्चिम प्रदेश सरकार पुनर्गठन प्रती पनि चौधरी असन्तुष्ट रहेका थिए ।यो हेर्नुहोस तस्बीर
२ दिन अघि मात्रै सुप मिडीया टिभीमा कुराकानी गर्दै चौधरीले पार्टिलाई झन सशक्त र बलियो बनाएर लैजाने बताएका थिए https://www.facebook.com/supamedia01/videos/934438863909724 । सुदूरपश्चिमको अन्य जिल्लाको तुलनामा कैलालीमा जसपाको उपस्थिति बलियो रहेको थियो । २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सो पार्टीबाट कैलाली क्षेत्र नम्बर १ मा अत्यधिक मतका साथ रेशम चौधरी प्रतिनिधि सभामा विजयी भएका थिए । यसैगरी, सो क्षेत्रबाट कृष्णबहादुर चौधरी प्रदेश सभा सदस्यमा चुनाव जितेका थिए । प्रदेश सभा सदस्य चौधरी हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा छन् । जसपाको जिम्मेवारीबाट राजीनामा दिएका चौधरी २०७४ को निर्वाचनमा तत्कालीन माओवादी पार्टीबाट कैलाली क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । पछि उनी माओवादी पार्टी परित्याग गरेर डा. बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपामा पुगेका थिए । जसपा परित्याग गरेका चौधरी अब कता लाग्छन् भन्ने सबैको चासो रहेको छ । सुदूरपश्चिम प्रदेश सभामा जसपाको एक जना प्रदेश सभा सदस्य रहेका छन् ।