कैलाली । योङ्ग कम्युनिष्ट लिग नेपाल गोदावरी नगरमा महेश बिष्टको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको छ।
नेकपा माओवादी केन्द्र गोदावरी नगर कमिटीको आयोजनामा योङ्ग कम्युनिष्ट लिग नेपालको दोस्रो गोदावरी नगरसम्मेलनबाट बिष्टको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको हो। यस्तै उपाध्यक्षमा इन्द्र मल्ल, रोविन चौधरी निर्वाचित भएका छन् ।
यस्तै सचिबमा राजेन्द्र बिष्ट, सह सचिबमा बिरेन्द्र साँकी , हर्क भट्टराई, रितु खड्का, धनश्याम खड्का, उषा राना, गणेश शाह, चयन भएका छन् । यस्तै कोषाध्यक्षमा नरेश बिक चयन भएका छन् ।१०% मनोनीत सहित, १ उपाध्यक्ष र १ सह सचीव मनोनीत गर्ने गरि,१३ जनाको पदाधिकारी रहने ब्यवस्था छ । धर्म सिंह कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी- लछीराम आचार्य( केन्द्रिय सदस्य) अतिथी-उद्धब भट्टराई,मेघराज भट्ट, हर्क बिक(प्रदेश कमिटी सदस्य) नगर पदाधिकारी सहितको उपस्थीती रहेको थियो ।