बझाङ। बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्ला सदरमुकाम चैनपुरस्थित बाहुलीगाडमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु भएको हो।
बझाङ प्रहरीका अनुसार डुबेर बित्थड चिर गाउँपालिका ४ का १८ वर्षीय कमल बोहराको मृत्यु भएको हो। दिउसो ४ बजेतिर उनको ज्यान गएको प्रहरीले जनाएको छ। यसअघि पनि बाहुलीगाडमा डुबेर एक जनाको मृत्यु भएको थियो। मृतक बोहरालाइ पाेस्मार्टमकाेलागि जिल्ला अस्पताल सिमखेत लगेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।