धनगढी। धनगढी उप–महानगरपालिकाको उप–मेयर पदमा नेपाल परिवार दलको तर्फबाट बिष्णु कुमारी बिकेले दावि गरेकी छिन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिकेले उप–मेयर पदमा उम्मेदवारको दावि गरेको बताएकी छिन् । सामाजिक तथा राजनितीक क्षेत्रमा सक्रिय रहँदै आएकी बिके लामो समय देखी नेपाल परिवार दलमा आवद्ध छिन्।
धनगढी उपमहानगरपालिकाको मेयर पदमा दाबी गरेकी बिष्णु बिकेले कोभिड १९ को समयमा उल्लेखनिय काम गरेको बताइन्। कोभिड १९ को समयमा होस या अन्य समयमा सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा राहतका वितरण गर्न सफल भएको बताइन् । जाडोमा २ हजार पिस कम्बल वितरण गरिनुका साथै २ करोड बराबरको राहतका ल्याउन सफल भएको भनेकी छिन् । यस्तै स्वास्थ्य क्षेत्रमा निरन्तर २० साल देखि नै आवद्ध बिकेले आर्थिक अवस्था कमजोर भएका बिरामीको निशुल्क उपचारको ब्यवस्था गरेको बताएकी छिन् ।
उपचार गर्ने क्रममा गरिव दुखि दलित जनजातिहरुलाइ निशुल्क उपचार ब्यवस्था मिलाएको बताइन्। यस्तै धनगढीस्थीत सामाजिक संघसंस्थाको कार्य अन्तरगत धनगढी लाइन्स क्लबको निर्देशक भएर काम गरेकी छिन् । उनले विद्यार्थी काल देखी नै केन्द्र सम्मको राजनीतिमा पनि कृयासिल छिन् । उनले स्वास्थ्य क्षेत्रमा सातौँ तहको अधिकृतमा काम गरेको अनुभव पनि रहेको समेत बताएकी छिन् । अहिलेपनि समाजिक काम दिनरात नभइ जनताका लागी काम गर्दै आइरहेको बताउँदै प्रदेश र केन्द्रको सर्बसम्मतबाट धनगढीको उपमेयरकोलागी सिफारिस गरिएको जानकारी दिएकी छिन् ।