धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनको दुई दिन बितिसकेको छ । तर, मन्त्रिपरिषद् पुनर्गठनका कारण निवर्तमान बन्न पुगेका एक नेताले दुई दिन पछिमात्रै यसबारे जानकारी पाएका छन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले फिर्ता बोलाएका आर्थिक मामिलामन्त्री तारा लामा तामाङले आइतबार मात्रै आफूले मन्त्रिपरिषद्मा गरिएको हेरफेरबारे जानकारी पाएको बताएका छन् ।उनले आइतबार सामाजिक सञ्जालमा तस्विरसहित लेखेका छन(‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त ।’ एकीकृत समाजवादीले गत शुक्रबार आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो।एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको थियो। लामाले सम्हाल्दै आएको मन्त्रालयमा एकीकृत समाजवादीले प्रकाश रावललाई पठाएको थियो ।